फक्ताङलुङ गाउँपालिकाको आधिकारिक वेभसाईटमा तपाईलाई हार्दिक स्वागत छ !
कोरोना भाइरस (Covid-19) बाट बच्नका लागी सरकारद्वारा जारि गरिएका निर्देशनकाे पालना गराै !
यो महामारिवाट आफु, आफ्नो परिवार तथा राष्ट्रलाई जोगाऔ ।

फक्ताङलुङ गाउँपालिका संक्षिप्त परिचय

      फक्ताङलुङ गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुंग जिल्लाको उत्तर पुर्व भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा ताप्लेजुंग जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन , खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र अोलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कूल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोहि अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १२०१७ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा ताप्लेजुंग जिल्लाको सिरीजंघा गाउँपालिका, पश्चिममा मिक्वाखोला गाउँपालिका , उत्तरमा चिन तथा दक्षिणमा फुङलिङ नगरपालिका सम्म फैलिएको छ ।