ताजा समाचार
आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजा प्रकाशन सम्बन्धी जरुरी सूचना। (ग्रेडलेजर सहित)
फक्ताङलुङ गाउँपालिकावाट मिति २०७६।११।२७ देखि २०७६।१२।०५ सम्म संचालन भएको गाउँपालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा परीक्षा संचालन समितिको मिति २०७७।०१।२६ को निर्णयानुसार प्रकाशन गरिएको छ।
कुनै पनि विद्यार्थीले आफुले प्राप्त गरेको ग्रेड सहितको नतिजामा चित्त नवुझेमा विषय खुलाई प्रति विषय रु १००।- का दरले हुन आउने शुल्क सहित सूचना प्रकाशित भएको ७ दिन भित्र सम्वन्धित विद्यालयमा निवेदन पेश गर्नुहुन र विद्यालयले निवेदन लिने म्याद समाप्त भएको २ दिनभित्र निवेदन तथा शुल्क सहित यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ ।साथै, विद्यालयले विद्यार्थीलाई नतिजाको जानकारी सामाजिक दुरी कायम गरी वा वैकल्पिक सञ्चार माध्यमहरुको प्रयोग मार्फत गर्नु गराउनु हुन अनुरोध छ ।