मिति २०८०।०१।२३ गतेका दिन फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष श्री रविन साम्रा लिम्बुको संयोजकत्वमा पालिका प्र.प्र.अ. श्री नवीन तेम्बे सहितको कर्मचारी तथा सुरक्षाकर्मी टोलीले वडा नं. ३ मा रहेको सिँवा बजार अनुगमन गरी व्यवसाय दर्ता नविकरणका बिषयमा अभिमुखिकरण गरिएको ।
आँखाका विरामीहरुलाई सुवर्ण अवसर । तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत सहितको टीमबाट तपसिल उल्लेखित मिति र स्थानहरुमा संचालन हुने आँखा जाँच तथा मोतियाविन्दु शल्लक्रिया शिविरमा सहभागी भई मौकाको लाभ उठाउनु हुन जानकारी गराईन्छ।