ताजा समाचार
विपन्न लक्षित छात्रवृती (PMT) मा छनौट भएका विद्यार्थीहरुको वैँक खाता खोली विवरण अध्यावधिक गर्ने सम्वन्धि जरुरि सूचना तथा विद्यार्थीहरुको सूची
विवरण अध्यावधिक गर्ने तरिकाः
१. iemis.doe.gov.np खोलि आफ्नो विद्यालयको Username र Password हानेर Login गर्ने ।
२. Menu मा रहेको Report भित्ररहेको PMT Student Declaration लाई Click गर्ने ।
३. त्यस पछि Add Student Declaration मा Click गर्ने ।
४. एउटा फारम खुल्नेछ सो फारममा भनेको जति विवरण भरि अध्यावधिक गर्ने ।
५. हरेक विद्यार्थीको लागी सोहि प्रकृया दोहोर्याउने ।
ध्यान दिनु पर्ने कुराहरुः
- कक्षा ८ वाट ९ कक्षा अध्ययनका लागी छनौट भएका सवै विद्यार्थीको खाता खोली अध्यावधिक गर्नु पर्ने।
- कक्षा १० मा अध्ययनरतले कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्न चाहेमा सवै कुइन्टाइल र विज्ञान वाहेक अन्य विषयको हकमा पहिलो कुइन्टाइलका विद्यार्थीहरूको खाता खोलाएर अध्यावधिक गर्नु पर्ने ।
- कक्षा ११ मा अध्ययनरतले कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्न चाहेमा सवै कुइन्टाइल र विज्ञान वाहेक अन्य विषय को हकमा पहिलो कुइन्टाइलका विद्यार्थीहरूको खाता खोलाएर अध्यावधिक गर्ने ।